भरतपुर महानगरमा ६१ हजार २५ मत गणना हुँदा कसले कति मत पायो ?

६ जेष्ठ २०७९, शुक्रबार २२:१३

भरतपुर महानगरमा ६१ हजार २५ मत गणना भएको छ ।

सत्ता गठबन्धनका मेयर र उपमेयरका दुवै उम्मेदवार शुक्रबार राति ८ बजेको मतपरिणाम अनुसार अग्रपंतिमा रहेका छन् । गठबन्धनबाट मेयर उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहालले २३ हजार १९२ मत पाएकी छन् भने काँग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले २५ हजार ४४१ मत पाएका छन् ।

एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले १९ हजार ७४६ मत पाएका छन् भने राप्रपाकी उपमेयर उम्मेदवार हिमला गुरुङले १५ हजार ५७६ मत पाएकी छन् । यस्तै मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि ८ हजार ५२९ मत पाएका छन् ।

मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल कांग्रेसका नेता हुन्