भीमेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका इश्वर नारायण मानन्धर र उपमेयरमा एमालेकी कमला बस्नेत निर्वाचित

६ जेष्ठ २०७९, शुक्रबार ११:०५

मेयरमा इश्वर नारायण मानन्धर र उपमेयरमा कमला बस्नेत निर्वाचित भएका छन् ।

दोलखाको भीमेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका इश्वर नारायण मानन्धर र उपमेयरमा एमालेकी कमला बस्नेत निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार मानन्धरले निकटतम् प्रतिद्नन्दी एमालेका हरिवंश चौलगाईलाई १ हजार ४ सय ४२ मतान्तरले हराउँदै नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । मानन्धरले ८ हजार ७ सय २३ मत ल्याउँदा एमालेका चौलगाईले ७ हजार ३ सय १ मत प्राप्त गरेका थिए ।

नगरपालिकाको उपप्रमुखमा समाजवादीकी उम्मेदवार संगीता पाख्रीनलाई ३ सय ४३ मतले पराजित गर्दै एमालेकी कमला बस्नेत विजयी भएकी हुन् । उपप्रमुखमा निर्वाचित बस्नेतले ७ हजार २ सय ६४ मत पाएकी थिइन् भने उनकी प्रत्यासी पाख्रीनले ६ हजार ९ सय २१ मत प्राप्त गरेकी थिइन् ।

यस्तै, एमाले अध्यक्ष केपी ओलीको गृह नगर झापाको दमक ५ मा एमाले उम्मेदवार विजयी भएका छन्। एमालेका उम्मेदवार २ हजार ४२६ मत ल्याएर विजयी हुँदा प्रमुख प्रतिस्पर्धी कांग्रेसका वडाध्यक्ष उम्मेदवारले एक हजार ४२१ मत प्राप्त गरेका छन्।