माओवादी प्रति जनताको माया अनि भराेसा कम छैन : श्रीधर खनाल (विचार)

५ जेष्ठ २०७९, बिहीबार ०६:५६

देशमा प्रचण्डको नेतृत्वमा सशस्त्र युद्घ सफल भयो । राजनीतिमा निर्णायक मानिने प्रचण्डकै कारण मुलुकमा भर्खरै मात्रै शान्तिपूर्ण हिसाबले स्थानीय तह चुनाव भएको छ । यसले देशलाई निकास दिने काम गरेको छ ।

स्थानीय तहको चुनावका क्रममा जनजनकाे घरमा  पुगियो । त्यहाँ माओवादीप्रतिकाे जनताको माया अनि भराेसा एकरत्ति कम भएको देखिएन ।

आज केही लेख्न मन लाग्यो, यो देशमा माओवादी जनयुद्धबाट सबैभन्दा धेरै लाभ दलितहरुले लिए , मधेसीहरुले लिए , आदिवासी जनजातिहरुले लिए , महिलाहरुले लिए , गरीब सर्वहारा जनताहरुले लिए ।

भन्नैपर्ने हुन्छ, जो आज पनि प्रचण्डलाई मन पराउन्दैन उनिहरु सबै सामान्ती शेषहरु हुन , शोषकहरु हुन , हिन्दू अतिवादीहरु हुन , बहुजातिय , बहुधर्मिक र बहुभाषिक स्विकार्न नसक्ने नश्लवादीहरु हुन ।

तपाईंहरुलाई थाहा छ यो देश कसले कति समय चलायो । राजाले कति चलायो , काङ्ग्रेसले कति चलायो र एमालेले कति चलायो ।

धेरै होइन १५/२० वर्ष ( माओवादी जनयुद्ध पूर्व ) पछाडि मात्रै फर्केर हेरौ त राजा , काङ्ग्रेस र एमाले ले देश चालाउन्दा राजा मात्रै होइन सामान्य पन्चहरु विरुद्ध पनि बोल्न पाइन्न थियो , धरानबाट नुन बोक्नु पर्ने बाध्यता थियो , दलित मात्रै होइन , जनजातिहरु पनि चरम विभेदमा पिसिएका थिए , चरम श्रम शोषण ( चार माना अन्नमा दिनभर खेताला ) थियो ।
तर माओवादी जनयुद्ध पछि भएका परिवर्तनहरूमानिरंकुश राजतन्त्र ढल्यो, दलितहरु मन्दिर पस्न थाले, महिलाहरु राष्ट्रपति हुन थाले, नुन देखि सुन घरआगनमा आउन थाल्यो , गरीब श्रमजीवीहरुको ज्याला बढ्न थालेकाे हामीले भुल्नु हुदैन ।

पहिला चार माना अन्नमा दिनभर श्रम गर्नु पर्थ्यो , अहिले सामान्य लेवर काम गर्नेले पनि ७/८ सय ज्याला पाउन्छ । वाक / विचार स्वतन्त्रता भयो ।  पहिला राजा मन्त्री त परको कुरा सामान्य पन्चहरुको विरुद्धमा बोल्न पाइन थियो , विरोध गर्न पाइन थियो , गाली गर्न पाइन थियो तर अहि सबै गर्न पाइन्छ  ।  निरंकुश व्यवस्था विरुद्ध बोल्न पाइन थियो ।

बडो दुःख लाग्दो कुरो त यो हो कि जो राजासँग कुम टाउको जोडेर प्रचण्डको टाउकोको मूल्य तोक्नेहरुले नै सबैभन्दा यो देशमा राजतन्त्र ढलेको, संघियता आएको , धर्म निरपेक्षाता भएको र गणतन्त्रको श्रेय लिने गर्छन ।

अनि जो प्रचण्ड १७ हजारको हत्यारा भनेर तर्क गर्दै हिडिन्छ , उनीहरु परिवर्तन नचाहने यथास्थितिवादिहरु हुन , शुन्य चेतना भएका हुस्सुहरू हुन , राजनीति थोरै पनि नबुझ्ने ल्वाठहरु हुन ।

यस्ता तर्क नफेरिने हो भने उसले फेरि देशलाई अस्थिर तिर उन्मुख गराउने देखिन्छ ।