भुमिकास्थानमा गठबन्धनबाट राजमाेका थापा र माओवादीका बञ्जाडे निर्वाचित

४ जेष्ठ २०७९, बुधबार ०६:१८

भुमिकास्थान नगरपालिका प्रमुख र उपप्रमुख पदमा ५ दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा राष्ट्रिय जनमाेर्चाका झविलाल थापाले एमालेका उम्मेदवार रेशम थापालाई ८ सय मतान्तरले पराजित गरेका छन् ।

झविलालले ८ हजार ३ सय २४ मत ल्याएर विजयी भए । रेशमले ७ हजार ५ सय २४ मत ल्याए ।

उपप्रमुखमा माओवादी केन्द्रका बालकृष्ण बञ्जाडेले एमालेकी वसन्ता पाैडेललाई ६ सय ९४ मतान्तरले पराजित गरे । बञ्जाडेले ७५ सय ५८ मत ल्याएर विजयी भए । पाैडेलले ६८ सय ६४ मत ल्याइन ।

२०७४ काे स्थानीय तहको निर्वाचनमा कांग्रेस- माओवादी केन्द्रकाे चुनावी तालमेलमा माओवादीबाट रेशम नगर प्रमुखमा निर्वाचित भएका थिए ।