मालारानी गाउँपालिका वडा नं. ९ को अध्यक्षमा महेन्द्र बाबु खनाल निर्वाचित

१ जेष्ठ २०७९, आईतवार ०७:१७

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको वडा नं. ९ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका महेन्द्र बाबु खनाल निर्वाचित भएका छन् ।

एमालेका विष्णु प्रसाद पौडेललाई ८७० मतले पछाडी पार्दै खनाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

वडा नं. ९ को मतगणना पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका पदम क्षेत्रीले ९४८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी एमालेका दलबहादुर भट्टराईले ५१० मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा गठवन्धन पक्षधर नेपाली काँग्रेसका शोभाखर खनालले ८४३ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले ५५१ मत प्राप्त गरेका छन् । यस्तै मालारानी गाउँपालिका वाड नम्बर २ बाट याेगेन्द्र भुसाल विजयी भएका छन ।