बैंकहरुमा ६ अर्ब निक्षेप थपिदा कर्जा ४ अर्बले घट्यो, सिडी अनुपात सीमा नजिक

२७ बैशाख २०७९, मंगलवार ०८:०७

चालु आर्थिक वर्षको वैशाख महिनाको चौथो साता वाणिज्य बैंकहरुमा निक्षेप थपिनुका साथै कर्जा घट्दा औसत कर्जा निक्षेप अनुपातमा केहि तल झरेको छ ।

बैंशाख महिनाको तेस्रोे साता मात्र ९०.९९ भन्दा माथि रहेको बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ९०.८१ प्रतिशतमा झरेको हो । नेपाल राष्ट्र बैंकले बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गरेको छ ।

बैंशाख महिनाको चौथो सातामा बैंकहरुमा ६ अर्ब निक्षेप थपिएको छ भने कर्जा प्रवाह समेत चार अर्बले घटेको छ ।

बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको वैशाख २३ गतेसम्म बैंकहरुले ४३ खर्ब ७३ अर्ब निक्षेप संकलन गरेर ४१ खर्ब ९३ अर्ब कर्जा विस्तार गरेका छन । गत चैत्र मसान्तसम्ममा बैंकहरुले ४३ खर्ब ८९ अर्ब निक्षेप उठाएर ४१ खर्ब ९७ अर्ब कर्जा विस्तार गरेका थिए ।

बैंकहरुबाट निक्षेप आउन नसकेपछि कर्जा लगानी ठप्प जस्तै छ । वैशाख लागेपछि बैंकहरुबाट निक्षेप बाहिरिएको थियो । निक्षेप बढाउन नसक्ने बैंकहरुलाई कर्जा लगानी योग्य रकमको अभावले समेत च्याप्दै लगेको छ ।