महालक्ष्मी लाइफले ९० करोडको आईपीओ जारी गर्ने

२६ बैशाख २०७९, सोमबार १२:०१

महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीले ९० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ ।

आइतबार सम्पन्न महालक्ष्मीको विशेष साधारणसभाले ९० करोड रुपैयाँ बराबरको साधारण सेयर -आईपीओ) सर्वसाधारणका लागि जारी गर्ने निर्णय गरेको हो ।

यसअघि ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने कम्पनीले तयारी गरेको थियो । आईपीओ जारी गरी नसक्दै बीमा समितिले पुँजीवृद्धिको योजना ल्याएपछि जारी गर्ने रकम बढाएको हो ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको छ ।