एभरेष्ट र हिमालयलन इन्स्योरेन्स मर्जरका लागि बिमा समितिको सहमति

२६ बैशाख २०७९, सोमबार ०९:५३

एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्योरेन्सबीच भएको मर्जर सम्झौतालाई बीमा समितिले स्वीकृत गरेको छ। मर्जर तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ को दफा ६ बमोजिम दुई कम्पनीलाई एक आपसमा गाभिन सहमति प्रदान गरेको समितिले जनाएको हो।

निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कर्ता नियुक्त गरी समितिलाई विवरण बुझाउन पनि समितिले निर्देशन जारी गरेको छ। दुई कम्पनी गाभिएर एउटै बन्ने स्वीकृति दिइएको पत्र आजै कम्पनीहरूलाई पठाइने समितिले जनाएको छ।

यसअघि बीमा समितिले गत चैतमा एक वर्षभित्र निर्जीवन बीमा कम्पनीहरूलाई २ अर्ब ५० करोड र जीवन बिमा कम्पनीलाई ५ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो। समितिको निर्देशनपछि बिमा कम्पनीहरू पुँजी वृद्धिका लागि मर्जर, प्राप्तिलगायतका उपाय खोजिरहेका छन्।