डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा १५.८३ प्रतिशतले घटेको छ ।
लघुवित्त कम्पनीले चैत मसान्तसम्ममा ४३ करोड ६१ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको यसै अवधिमा कम्पनीले ५१ करोड ८१ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको नाफा ८ करोड २० लाख रुपैयाँले घटेको हो ।
चुक्ता पूँजी पूँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ४५ करोड ९१ लख रुपैयाँ सञ्चित रहेको छ । नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी १७.८४ रुपैयाँ घटेर ४१.९१ रुपैयाँमा संकुचित बनेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले ७ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ८५ करोड रुपैयाँ सापटी लिएर १७ अर्ब ५० करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट कम्पनीले १ अर्ब २ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ६२ करोड १४ लाख ८६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत, जगेडा कोष २८.५० प्रतिशत, निक्षेप २२.४९ प्रतिशत सापटी ५.१३ प्रतिशत, कर्जा १५.८२ प्रतिशत खुद ब्याज आम्दानी ३.४७ प्रतिशत, सञ्चालन मुनाफा २३.४० प्रतिशत बढेको छ ।
चैत मसान्तसम्ममा लघुवित्तको खराब कर्जा अनुपात ०.५९ प्रतिशत, प्रतिसेयर नेटवर्थ २०५.१६ रुपैयाँ, कस्ट अफ फण्ड ७.६५ प्रतिशत र मूल्य आम्दानी अनुपात २५.९१ गुणा छ ।
