एमालेका अध्यक्ष ओलीले किन अचनाक पत्रकार सम्मेलनको आयोजना गरे ?

२५ बैशाख २०७९, आईतवार १०:१०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । स्थानीय तहको निर्वाचनलाई लिएर ओलीले आइतबार च्यासलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले समसामयिक राजनीति र स्थानीय तहको निर्वाचनमा आम मतदातालाई अपिल गर्न अहिले साढे १० मा पत्रकार सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिए ।

यस्तै एमालेले चितवन र बुटवलमा चुनावी सभा पनि आज गर्दै छ ।