एमालेले चितवन र बुटवलमा चुनावी सभा र सत्तारुढ गठबन्धनले पोखरा र तुलसीपुरमा आमसभा आज एकै दिन गर्दै

२५ बैशाख २०७९, आईतवार ०९:४९

आज नेकपा एमालेले चितवन र बुटवलमा चुनावी सभा र सत्तारुढ गठबन्धनले पोखरा र तुलसीपुरमा आमसभा गर्दैछ । निर्धारित कार्यतालिका अनुसार सत्तारुढ गठबन्धनको बिहान ११ बजे पोखरा र दिउँसो २ बजे तुलसीपुरमा कार्यक्रम हुनेछ ।

सभालाई नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

यस्तै स्थानीय चुनावलाई लक्षित गरेर नेकपा एमालेले पनि चितवन र बुटवलमा चुनावी सभा गर्दैछ । आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । चितवनमा नेकपा एमालेको तर्फबाट भरतपुर महानगरपालिकाको लागि विजय सुवेदीले प्रमुखमा उम्मेदवारी दिएका छन् । महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की नेतृ रेणु दाहाल र स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेलबीचको प्रतिस्पर्धालाई महत्त्वपूर्ण रुपमा हेरिएको छ । ।

नेकपा एमालेले चितवन र बुटवलमा चुनावी सभा र सत्तारुढ गठबन्धनले पोखरा र तुलसीपुरमा आमसभा आज एकै दिन गर्दै ।