२०७९, ८ जेष्ठ आईतवार

महिलाजस्तो देखिने १२ हजार वर्ष अघि पृथ्वीबाट लोप भइसकेका जीव अहिले पनि जीवित

करिब १२ हजार वर्ष अघि पृथ्वीबाट लोप भइसकेका जीव अहिले पनि जीवित छन् ।
यो दाबी ब्रिटेनका चर्चित मानव वैज्ञानिक डा. ग्रेगरी फोर्थले आफ्नो नयाँ किताब ‘बिटविन एप एन्ड ह्यूमन’मा गरिएको छ ।
किताबमा लेखिए अनुसार मानवका पुर्खा आजको युगमा पनि जीवित छ । इन्डोनेशियाको टापुमा पाइए ‘होमो फ्लोरेसेन्सिस’
यी पूर्खा होमो फ्लोरेसेन्सिस भनिन्छ । यो मूल रुपमा फ्लोरेस टापुमा बस्ने गर्दथे ।
आधुनिक युगमा यो टापु इन्डोनेशियाली द्वीपको हिस्सा हो । यो प्रारम्भिक कालका मानव यो टापुमा ७ लाख वर्षअघि ६० हजार वर्ष अघिसम्म रहे । सन् २००३ मा भेटिएको थियो महिलाजस्तो देखिने कंकालः सन् २००३ मा वैज्ञानिकको एउटा समूहले फ्लोरेस द्वीपको लिआंग बुआ गुफामा यस्तै एक महिला मानवजस्तो देखिने जीवनको आंशिक कंकाल भेटेको थियो । त्यसपछि डा. फोर्थले आफ्नो अनुसन्धानलाई अघि बढाए ।
डा. फोर्थले भने, ‘३० भन्दा बढी मानिसले यो हबिटजस्तान जीव देखेका छन् । उनीहरुका अनुसार मानिसजस्ता नदेखिने जीवन अहिले पनि फ्लोरेस टापुमा देखिएका छन् ।’जुन कंकाल भेटिएको थियो, त्यो न त बाँदरको थियो न मानिसकोः उनको किताबमा दिइएको जानकारी अनुसार जुन कंकाल अनुसन्धानको क्रममा भेटियो, त्यो न त कुनै बाँदरको थियो, न कुनै मानवको नै थियो । त्यो अवशेष कुनै होमो फ्लोरेसेन्सिसको विवकरणसँग मेल खाइरहेको थियो । अर्कोतर्फ विश्वव्यापी स्तरमा केही विशेषज्ञले यो दाबीलाई स्वीकार्न अस्वीकार गरिरहेका छन् । विस्कन्सिन युनिभर्सिटीका डा. जोन हक्सले भने, ‘यदि साँच्चै नै यस्ता कुनै प्रजाति छन् भने अहिलेसम्म पनि उनीहरुबारे केही थाहा नहुने सम्भावना नै छैन ।’
हबिटको दिमागको आकार मानिसको भन्दा एक तिहाई मात्रै
जेआरआर टोल्किनको काल्पनिक रचनाको आधारमा होमो फ्लोरेसिएन्सिलाई ‘हबिट’ भनिन्छ । यसको कारण उनीहरुको कद हो, जुन ३ फिट ६ इन्च थियो । मस्तिष्क मानिसको आकारको एक तिहाई थियो । यस प्रजातिको अस्तित्वबारे अहिले नै यकिनका साथ भन्न नसकिने डा. फोर्थले बताए । साभार : रातोपाटी

प्रकाशित | २०७९, २४ बैशाख शनिबार १२:४६

Leave a Reply

Your email address will not be published.