नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबी) लाई गाभ्न विशेष साधारण सभा बोलाएको छ ।
दुई बैंक बीच गाभ्ने सम्झौता भइसकेको छ । नबिल बैंकको सञ्चालक समितिको बैठकले जेठ ७ गते विशेष साधारण सभा बोलाएको हो ।
नबिल बैंको विशेष विशेष साधारण सभाले एनबी बैंकलाई प्राप्ति गर्ने प्रक्रियालाई अनुमोदन गर्ने छ ।
नबिलले नेपाल बंगलादेश बैंकलाई गाभ्ने सम्झौता गत पुस २९ गते भएको थियो ।
नबिल बैंकले उदयकृष्ण उपाध्याय र एनबी बैंकले इन्द्रबहादुर थापाको नेतृत्वमा मर्जर समिति निर्माण गरेको छ ।
बैंकका २/२ जना सञ्चालकहरू सो समितिमा रहेका छन् ।
