राजु लामाले सगरमाथाको उचाइमा एकल सांगीतिक कार्यक्रम गरेर कीर्तिमान राखे

२१ बैशाख २०७९, बुधबार १४:०७

मंगोलियन हार्ट राजु लामाले सगरमाथाको उचाइमा एकल सांगीतिक कार्यक्रम गरेर कीर्तिमान राखेका छन् ।

गायक लामाले यसपालि विश्वकै अग्लो सगरमाथाको क्याम २ र ३ को बीचमा एकल सांगीतिक कार्यक्रम गरेका हुन् । उनले सगरमाथा क्षेत्रमा ६ हजार पाँच सय ७४ मिटरको उचाइमा एकल सांगीतिक कार्यक्रम गरेका हुन् । उनले नेपालमा बढ्दो जलवायु परिवर्तनको असर बारेमा सन्देशका साथ सगरमाथाको क्याम ३ मा पुगेर गीत गाएका हुन् ।

उनले उक्त एकल सांगीतिक कार्यक्रममा तिमीलाई देखेर, उँभो उँभो खासा म जाँदा , मेरो नेपाल र ओए नाना ओए नाना लगायतका लोकप्रिय गीतहरु गाएका छन् ।