नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवन जान लागेका छन् ।
भरतपुरस्थित हाकिम चोकमा भोलि हुने संयुक्त चुनावी सभालाई सम्बोधन गर्न उनी आज चितवन जान लागेको हुन् । कांग्रेसका तर्फबाट मेयरमा उमेदवारी दिएका जगन्नाथ पौडेलसहितका नेता कार्यकर्तालाई फकाउन त्यसतर्फ जान लागेको स्रोतले जनाएको छ ।
चितवन जिल्ला सभापति राजेश्वर खनालले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा दिउसो ४ बजे चितवन पुग्ने कार्यक्रम रहेको बताए । प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताले उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
