नेकपा एकीकृत समाजवादीको चुनावी गीत बामदेव गौतमले लेखे गीत यस्तो छ

२० बैशाख २०७९, मंगलवार १८:१७

नेकपा एकीकृत समाजवादीको चुनावी गीत राष्ट्रिय सभा सदस्य बामदेव गौतमले लेखेका छन्।

एकीकृत समाजवादीको जनता जगाउने कलममा छाप लगाउनेु चुनावी गीत गौतमले लेखेका हुन्।
उक्त गीत आज युट्युवबाट सार्वजनिक गरिएको छ। सार्वजनिक भएको चुनावी गीतको भिडिओमा बामदेव पनि देखिन्छन्।

बामदेवले लेखेको उक्त गीतमा कृष्ण केसी र जुना श्रीष मगरले स्वर दिएका छन्। गीत भने नेपाल मुस्लिम इतेहाद संगठनले बजारमा ल्याएको हो।

गौतम नेकपा एमाले छाडे पनि कतै पनि सक्रिय रूपमा राजनीतिमा देखिएका छैनन्।