क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम नगद झिक्न नमिल्ने

२० बैशाख २०७९, मंगलवार ०९:२३

अब क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम नगद झिक्न र बैंक खातामा रकम ट्रान्फसर गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८ मा संशोधन/थप गर्दै यस्तो निर्देशन जारी गरेको हो । नेपाल राष्ट्र बैंकका अनुसार क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइँदैन ।

तर, अत्यावश्यक भएको समयमा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिदैन । क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम भने वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नुपर्ने छ । यो रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले मिलाउनु पर्ने भएको छ ।

उता, विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अध्यावधिक गर्दा ‘पेश गरेको विवरण साँचो रहेको तथा सो विवरण झुटो हठरिएमा कानुन बमोजिम सहुँला/बुझाउँला’ भन्ने बेहोराको विद्युतीय रुपमा स्वघोषणा गर्न लगाउनु पर्ने भएको छ ।