१५ दिनमा आयल निगम ५ अर्ब १९ करोड घाटामा जाने

१९ बैशाख २०७९, सोमबार ११:१३

नेपाल आयल निगमले नयाँ मूल्यसूची अनुसार पेट्रोलमा रुपैयाँ २ पैसा घाटा रहेको छ ।

नयाँ मूल्य सूचीअनुसार डिजेलमा ४० रुपैयाँ १३ पैसा तथा एलपी ग्यासमा १,०५० रुपैयाँ १८ पैसा घाटा रहेको छ ।

मट्टितेलमा २ रुपैयाँ ८१ पैसा तथा हवाई इन्धन (बाह्यतर्फ) ६४ रुपैयाँ ६९ पैसा तथा हवाई इन्धन (आन्तरिकतर्फ) १२।६४ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ ।

नयाँ सूचीअनुसार आगामी १५ दिनमा ५ अर्ब १९ करोड घाटा हुने आँकलन पनि निगमले गरेको छ ।