राजनीतिलाई जनताको सेवा गर्ने अवसरको रूपमा लिएका छौ: गठबन्धन मेयर -उपमेयर

१५ बैशाख २०७९, बिहीबार १२:५४

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य समिति सदस्य शान्ता भण्डारी र माओवादी केन्द्र अर्घाखाँची जिल्ला अध्यक्ष राजेन्द्र भुसाल अहिले बाम -लोकतान्त्रिक गठबन्धनको सन्धिखर्क नगरपालिकामा मयेर र उपमेयर पदको उम्मेदवार बनेका छन्। भण्डारी र भुसालले आफुहरुको उम्मेदवारीले समग्र सन्धिखर्कबासीको विकास प्रतिको तिब्र चाहनालाई प्रतिनिधित्व गर्ने बताएका छन् । राजनीतिमा बिगत लामो समयदेखि लागेको र  प्रत्यक्ष जनता संग जोडिएर पिर मर्का, दुख, सुख, विकासप्रतिको तिब्र आकांक्षा बुजेको बताउने उम्मेदवार भण्डारी र भुसालले उम्मेदवारी दर्ता गराउँदै गर्दा आफूहरुसँग प्रष्ट भिजन भएको बताएका छन्।

दुबैले मयेर उपमेयर पदको उम्मेदवारी दावी गर्दै गर्दा हामी प्रष्ट भिजन लिएर अघि बढ्ने योजना बनाएका छौ मयेर उम्मेदवार शान्ता भण्डारीले जानकारी गराइन् । हामीसंग सुन्दर र समृद्ध सन्धिखर्क नगरपालिका बनाउने भिजन छ। दुबैले विदेशका र नेपालका उत्कृस्ट नगरपालिकाको त्यहाँको विकास र समृद्धिलाई नजिकबाट नियाल्ने र अध्यन गर्ने अवसर प्राप्त गरेको छौ ।’ उनीहरु भन्छन् , ‘हामि त्यो अनुभव र अध्यनलाइ यहाँ पनि लागु गर्न चाहन्छौ । त्यो भिजनलाई पूरा गर्न हरेक नगरबासीको साथ लिएर अघि बढ्ने छौ ।’

विभिन्न राजनीतिक तथा सामाजिक काममा सक्रिय रहँदै आएका शान्ता र राजेन्द्र आफूहरुले सन्धिखर्क नगरपालिकाको विकासका लागि विकास मोडल, कार्ययोजना तयार गरेको बताए । जसमा फोहोर व्यवस्थापन, पूर्वाधार विकास, प्राबिधिक शिक्षाको विकास , स्वास्थ्य विकास, पर्यटन विकास , खानेपानी, कृषि, खोज विकास र युवा सशक्तीकरण रहेका छन्।

अनुभवी र विज्ञहरूको टीम बनाएर सन्धिखर्क नगरपालिका पर्यटकीय र कृषि पर्यटन नगरको रूपमा विकास गर्ने उनीहरु बताउछन । सन्धिखर्क नगरपालिका अर्घाखाँची जिल्लाको सदरमुकाम रहेको नगर पनि हो। यहाँको पूर्वाधार विकाससँगै सुन्दर नगर समग्र लुम्बिनी प्रदेश प्रदेश तथा नेपालकै लागि नमूना नगरपालिका बनाएर लैजाने हो । त्यसैले यो नगरलाई मुलुककै नमूना नगरका रूपमा विकास गर्न पनि मेयर र उप मेयर पदको उम्मेदवारी दिएका हौ ’ भुसालले भने ।

‘राजनीतिलाई हामीले जनताको सेवा गर्ने अवसरको रूपमा लिएका छौ उनीहरु बताउँछन। सन्धिखर्क नगरपालिकाको मेयर र उपमेयरमा पराजित भए पनि आफूहरुले गर्नुपर्ने योगदान र कर्तव्यबाट विमुख नहुने उनिहरुको भनाइ छ। ‘राजनीतिलाई हामीहरुले जनताको सेवा गर्ने अवसरको रूपमा लिएका छौ ।
कुनै पनि खेल मैदानमा गइसकेपछि हार अथवा जित त्यो निश्चित नै हो।’ भुसाल भन्छन् ‘जिते सन्धिखर्क नगरपालिकालाई प्रणालीमै बसेर विकास गर्नेछौ । यदि जितिएन भनिए पनि आफूहरुले गर्नुपर्ने योगदान, आफूहरुले गर्नुपर्ने काम कर्तव्यबाट एक इञ्च पनि म तलमाथि हुने छैन भन्दै जितेमा आफ्नो कार्यकाल भित्र गरिछाड्ने कार्ययोजनाको फेहरस्ती प्रस्तुत गरे ।

उम्मेदवार मेयर- उपमेयरका योजनाहरु 

१) सन्धिखर्क नगरपालिकाका सामुदायिक विद्यालयको पूर्वाधार , गुणस्तर र वातावरण सुधार गर्ने र प्राबिधिक शिक्षामा उपयोगितामुलक शिक्षालाइ जोड दिने ।

२) हप्तामा एक दिन सामुदायिक विद्यालयमा सीप, उद्यमशीलता , खेलकुद , तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रम गरिने।

३ ) प्रारम्भिक बाल्यकालको शिक्षादेखि सूचना प्रविधी शिक्षाको परिचय दिने गरि पाठ्यक्रम विकास गरिने ।

४ ) नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयमा अंग्रेजि माधय्मबाट अ‍ध्यापनको प्रबनध मिलाइने ।

५) प्रत्येक वडामा योग्य चिकित्सक, नर्स र नियमित स्वास्थ्य जाचका लागि डायग्नोसटिक ल्याब सहितको स्वास्थ्यकेन्द्र सुरु गरिने ।

६) मधुमेह (सुगर) र रक्तचापका बिरामीहरुका लागि निशुल्क जाँचको व्यवस्था गरिनेछ।

७) मधुमेह (सुगर) र रक्तचापका बिरामीहरुका लागि निशुल्क जाँचको व्यवस्था गरिनेछ।

८) ७० बर्ष भन्दा माथिका महिला पुरुषहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण घरमै गरिनेछ।

९) स्वास्थ्य सेवा कार्डको व्यवस्था गरिनेछ। जसमा सबै निजि तथा सार्बजनिक अस्पतालहरुको रेकर्ड राखिनेछ।

१०) सम्पूर्ण नगरबासीलाई स्वास्थ्य बिमाको प्रबन्ध मिलाइने।

११) सबै वडा र टोलहरुमा दमकल र एम्बुलेन्स जान सक्ने सडक निर्माण गरिने ।

१२) प्रमुख तथा शाखा सडकहरुमा सडक बत्ति जडान गरिने ।

१३) सन्धिखर्क नगरपालिकाका सार्बजनिक स्थानहरुमा सार्बजनिक शौचालयहरुको निर्माण गिरने ।

१४) सन्धिखर्क न.पा.मा रहेका मठ मन्दिर , पार्टी पौवा, सतल, गुठि , सार्बजनिक जग्गाको संरक्षण गरिने ।

१५) विकास निर्माणको क्रममा पुरिएका भत्किएका सम्पदाहरूको पुनर्निर्माण गरिने ।

१६) एक घर एक धाराको प्रबन्ध मिलाइने ।

१७) ग्राबेल कच्ची सडकलाई कालोपत्रे गरिने ।

१८) मेरो नगर मै बनाऊँछु भन्ने अभियानकै रुपमा संचालन गरिने ।

१९) सन्धिखर्क नगरपालिकालाई पर्यटकिय नगरको रुपमा विकास गर्न आवश्यक पुर्बधार निर्माण गरिनेछ साथै नगरलाइ स्मार्ट सिटीका रुपमा विकास गरिने ।

२०) नगर क्षेत्रभित्रका यूवाहरूलाइ लक्षित गरी विभिन्न किसिमको प्राविधिक तथा व्यवसायिक तालिमहरू संचालन गर्ने व्यवस्था मिलाइने छ र उधमशीलताको विकास गर्ने प्रोत्साहन गरी स्वोराजगारीका अबसरहरू सृजना गरिने ।

२१) पूँजीबजार सम्बन्धी अभिमुखीकरण तालीम दीइनेछ साथै प्रत्येक व्यक्तिलाई बैंक खाता खोली DMAT खाता खोल्ने प्रबन्ध मिलाइने ।

२२) आदिवासी, जनजाति, दलितको उत्थानको लागि विषेश कार्यक्रम लागु गरिने।

२३) आर्थिक रुपमा विपन्न बर्गको लागि आफ्नो संस्कृति अनुसार मृत्युंप्रयत्न गरिने संस्कारकोलागि आर्थिक सहयोग उपलब्ध गराइने ।

२४) कृषिलाई व्यवसायिकरण गरि नगर भित्र उत्पादन उपजहरुको बजारिकरणको व्यवस्था मिलाइने ।

२५) किसानले उत्पादन गरेका कृषिजन्य उपजको खरिद बिक्रि नभएको खण्डमा नगरपालिकाले खरिद गरिदिने व्यवस्था मिलाइनेछ ।

२६ ) वैज्ञानिक कृषि प्रणाली सम्बन्धी तालीम दिइने ।

२७) कृषि पर्यटनको सम्भ्ब्यता अध्ययन गरिने।