बुटवल उपमहानगरपालिकाको मेयर पदमा खेलराज पाण्डेले नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराए संगै चुनावी प्रचारप्रसारमा लागेका छन् ।
मेयर पदमा उम्मेदवारी दर्ता गराएका पाण्डेले २०७४ सालको निर्वाचनमा करिब २ हजार मतान्तरले एमालेका उम्मेदवारसंग पराजित भएका थिए। सुकुम्बासी समस्यालाई अल्पकालीन र दीर्घकालीन रुपमा समधान गर्ने मूल मुद्दा भएको साथै विस्थापित १५ सय घरहरुलाई व्यवस्थापन गर्ने उनको लक्ष्य भएको जानकारी दिए।

राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडकले बनाएको नयाँ समस्या पनि समधान गर्ने पक्षमा भएको बताए। बुटवल उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका पाण्डे विगत ३३ वर्षदेखि एउटा कोठा भाडामा लिएर बस्दै आएका र नेपाल भर कही पनि घर घडेरी नभएको समेत बताए। उनी आफ्नो राजनीतिक जीवन सरल र बीपीको बिचारलाई विस्वास गर्ने बताउदै सामान्य घर समेत नभएको मान्छे मेयरमा लड्दै गर्दा जुन वर्गका लागि लडेको हो उनीहरुले बुझ्नु जरुरी भएको र गौरव गर्दै सहयोग गर्नुपर्ने पनि उनले बताए।
पाण्डे निर्वाचित भएमा बुटवलमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समधान गर्ने, ज्योतिनगरको पहिरो, तिनाउ करिडोर, औद्योगिक क्षेत्रको टुंगो र फोहोरमैला व्यवस्थापनको टुंगो लगाउने बताए।
