आयातमा सरकारले फेरि गर्यो कडाइ‚ विदेशबाट केके ल्याउन पाइन्छ ? (सूचिसहित)

१४ बैशाख २०७९, बुधबार १३:४५

अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले मदिरादेखि मोटरसाइकलसम्मका विभिन्न १० वस्तुको आयातमा कडाइ गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना प्रकाशित गर्दै मदिरा, मोटरसाइकल, कार जीप भ्यान, हिरा, टेलिभिजन आयातमा कडाइ गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार पैठारीमा बन्देज लगाइएका वस्तुहरु नेपालस्थित कुटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैले पैठारी गिर्न बाधा पर्ने छैन । साथै वैशाख १३ गतेभन्दा अघि बैंकिङ च्यानलबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेकाहरुको हकमा भने यो व्यवस्था लागू नहुने मन्त्रालयको भनाइ छ ।

आयात बन्द गरिएका वस्तुहरु

१) कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनहरु

२) सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक)

३) चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थबाहेक)

४) हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)

५) मोबाइल सेट

६) रंगिन टेलिभिजन (३२ इञ्चभन्दा माथि)

७) जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शवबाहन बाहेक)

८) २५० सीसीभन्दा माथिका मोटरसाइकल

९) सबै प्रकारका खेलौनाहरु

१०) खेल्ने तास