सन्धिखर्क – ४ मा उदय भट्टराई द्वारा स्वतन्त्र उम्मेदवारमा मनोनयन दर्ता

१३ बैशाख २०७९, मंगलवार १८:०२

अर्घाखाँची जिल्लाको सन्धिखर्क – ४ बाट स्वतन्त्र उम्मेदवारमा उदय भट्टराईले मनोनयन दर्ता गराएका छन् । ” राजनीति गर्ने हो भने ढङ्गको राजनीति गरौ इमानको राजनीति गरौ राजनीति गर्नको लागि राजनीति नगरौ ” युवा वर्गले पनि नेतृत्व गर्ने अवसर पाउनु पर्छ गाँउ ठाँउको विकास निर्माणमा युवाहरुको भूमिका अहम रहन्छ भन्दै सन्धिखर्क नगरपालिका ४ को विकासको लागि स्वतन्त्र उम्मेदवारको तर्फबाट नेतृत्व लिन तयार छु भन्दै युवा उधमी भट्टराईले स्वतन्त्र उम्मेदवारमा मनोनयन दर्ता गराएका हुन् । उनी लामो समयदेखि नेपाली काङ्ग्रेस निकट रहेर काम गर्दै आएका थिए ।