रौतहटमा सबैभन्दा बढी माधवनारायण न.पा.मा ३ सय ५२ जनाले मनोनयन दर्ता गराए

१३ बैशाख २०७९, मंगलवार १५:२८

रौतहटका १८ वटा स्थानीय तहमा दल र स्वतन्त्र गरी चार हजार ८ सय ६८ जनाले उम्मेदवारी दिएका छन्।

रौतहटका १६ नगरपालिका र दुई गाउँपालिकामा मेयरदेखि वडा सदस्यसम्ममा ४ हजार ८ सय ६८ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ।

माधवनारायण न.पा.मा ३ सय ५२ जनाले, चन्द्रपुर न.पा.मा ३ सय १३ जनाले, गौरमा ३ सय ३६ जनाले, मौलापुर न.पा.मा ९२ जनाले, गरुडा न.पा.मा २ सय २९ जनाले, ईशनाथ न.पा.मा २ सय ७७ जनाले, कटहरीयामा २ सय ४५ जनाले, गढीमाईमा ३ सय ९ जनाले, गुजरामा ३ सय ४ जनाले, देवाही गोनाहीमा २ सय ४ जनाले, परोहामा २ सय ७३ जनाले, फतुवा विजयपुरमा ३ सय ४३ जनाले, बौधिमाईमा ३ सय ११ जनाले, राजदेवीमा २ सय ५४ जनाले, राजपुरमा २ सय ८३ जनाले र वृन्दावनमा ३ सय ४ जनाले मनोनयन दर्ता गराएका छन्।

यसैगरी रौतहटका गाउँपालिकाहरु दुर्गा भगवतीमा एक सय ९६ र यमुनामाईमा २सय ४३ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिएका छन् ।

रौतहटमा सबैभन्दा बढी माधवनारायण न.पा.मा ३ सय ५२ जनाले र सबैभन्दा कम मौलापुर न.पा.मा ९२ जनाले मनोनयन दर्ता गराएका छन्