स्थानीय तहको निर्वाचनका लागि देशभरबाट कतिले उम्मेदवारी दर्ता गराए त ?

१३ बैशाख २०७९, मंगलवार ०७:५२

बैशाख ३० मा हुने  स्थानीय तहको निर्वाचनका लागि देशभर एक लाख ३६ हजारभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्।

एक लाख ३६ हजार २६९ जनाले उमेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्ने समय सोमबार बिहान १० देखि बेलुका ५ बजेसम्म तोकिए पनि उम्मेदवारी दर्ता गर्नेहरुको बढी भएकाले राति अबेरसम्म उम्मेदवारी दर्ता गरिएको थियो ।