भरतपुर म.न.पा.को मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेदवारी दर्ता गरे

१२ बैशाख २०७९, सोमबार १६:२३

भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेदवारी दर्ता गरेका छन्।

सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुर पुगेर कांग्रेसका असन्तुष्ट कार्यकर्ताको जुलुससहित पौडेलले उम्मेदवारी दर्ता गरेका हुन्।

आइतबार भएको जिल्ला पार्टी कार्यालयको भेलामा पौडेलले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका थिए। उनलाई उम्मेदवार बन्न कांग्रेसका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटाले प्रस्ताव र महासमिति सदस्य मीना खरेलले समर्थन गरेका छन्।

भरतपुर महानगरको मेयर पद माओवादी केन्द्रलाई दिने निर्णय गठबन्धनमा भएपछि जिल्लाका नेता कार्यकर्ताहरूले विरोध गर्दै आएका छन्। गठबन्धनबाट माओवादीकी रेनु दाहाल भरतपुरको मेयरको उम्मेदवार बनेकी छन्।

कांग्रेसका असन्तुष्ट कार्यकर्ताको जुलुससहित पौडेलले उम्मेदवारी दर्ता गरेका हुन्।