अर्घाखाँची मालारानी गाउँपालिकाको अध्यक्ष पदबाट आइतबार आचार्यले राजीनामा दिइ पुनः अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
आचार्य २०७४ को निर्वाचनमा नेकपा एमालेबाट कांग्रेस र माओवादी गठबन्धनलाई पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका थिए । मालारानी गाउँपालिकाको अध्यक्षका लागि आचार्यसहित, नेता दलबहादुर भट्टराई र जर्नादन खनालको नाम एमाले लुम्बिनी प्रदेश कमिटीमा सिफारिस गरेको छ ।
भट्टराईको नाम पार्टीले मालारानी गाउँपालिका अध्यक्षमा सिफारिस गरेपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । इच्छा नै नभएका व्यक्तिलाई पार्टीले टिकट दिएपछि आफूले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएको आचार्यले बताएका छन् । यस्तै उक्त गाउँपालिकाको उपाध्यक्षमा दीपा पोखरेललाई पार्टीले उम्मेदवारको बनाएको छ ।
नेकपा माओवादी केन्द्र अर्घाखाँचीले मालारानि गाउँपालिका अध्यक्ष पदको लागि युवा नेता पदम क्षेत्री, शोभाकर भुसाल, सिलवाल कुँवर लाई जिल्ला समन्वय समितिले सिफारिस गरेको हो।
