का.म.न.पा.को मेयरमा सिर्जना सिंहलाई उम्मेद्वार बनाउने तयारी

१२ बैशाख २०७९, सोमबार ११:५३

काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई कांग्रेसले उम्मेद्वार बनाउने तयारी गरेको छ।

आइतवार प्रधानमन्त्री तथा कांग्रेस केन्दिय सभापति शेरबहादुर देउवालाई महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस केन्द्रीय सम्पादन समिति र संसदीय बोर्डले जिम्मा दिएको थियो।

काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जनाको नाम पक्का गरेको बताइएको छ। यद्यपि, औपचारिक निर्णय भने आइसकेको छैन। सिर्जना दलबलसहित दिउँसो १ बजे शान्तिबाटिका उपस्थित भई उम्मेद्वारी दर्ता गर्न राष्ट्रिय सभा गृह पुग्ने तयारीमा छिन्। प्रकाशमान सिंहकी पत्नी हुन्।