सत्तागठबन्धनसँग राप्रपाले गर्‍यो ओलीको गृहनगरमा चुनावी तालमेल

१२ बैशाख २०७९, सोमबार ०९:२८

सत्तागठबन्धनसँग राप्रपाले झापाको दमकमा चुनावी तालमेल गरेको छ।

सत्तागठबन्धनले राप्रपालाई मेयर उम्मेदवार दिने गरी एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीको गृहनगर झापाको दमकमा तालमेल गरेको हो।

झापाको दमकमा मेयरमा राप्रपा नेता राम थापा उठ्ने भएका छन्। यस्तै उपमेयर भने नेपाली कांग्रेसले लिने सहमति भएको छ। कांग्रेसले चार वडा, माओवादीले चार वडा र राप्रपाले दुई वडामा उम्मेदवारी दिने सहमति भएको छ।

सत्तागठबन्धन आबद्ध दलहरु एकीकृत समाजवादी र जसपा भने गठबन्धनमा सामेल छैन।

एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीको गृहनगर झापाको दमकको मेयरमा राप्रपा नेता राम थापा उठ्ने गरी चुनावी तालमेल भएको छ ।