किन एमालेकी मञ्जुदेवीले पोखरा उपमेयरको टिकट अस्वीकार गरिन् ?

११ बैशाख २०७९, आईतवार १०:३१

गण्डकी प्रदेश पोखरा महानगरको उपमेयर पद एमालेकी मञ्जुदेवी गुरुङले अस्वीकार गरेकी छन् ।
पार्टीले आफूलाई उम्मेद्वार बनाउँदासमेत नसोधेको र आफूले कुनै पदमा आकांक्षा नराखेको उनको भनाइ छ

पार्टीले अझैसम्म आधिकारिक रुपमा जानकारी नदिएको र दिइसकेपछि आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताएकी छन् । उनी भन्छिन्, ‘मेयरमा पनि दाबी नगरेको मान्छे, उपमेयरमा फेरि उठ्ने सोच छैन ।’उनी २०७४ सालको स्थानीय तह चुनावमा उपमेयर निर्वाचित भएकी थिइन् ।

पोखरा महानगरको उपमेयर पद अस्वीकार गर्दे पार्टीले आपूलाई उम्मेद्वार बनाउँदासमेत नसोधेको र आफूले कुनै पदमा आकांक्षा नराखेको एमालेकी मञ्जुदेवी गुरुङले बताइन् ।