१३ खर्ब ६ अर्ब रुपैयाँबराबरको व्यापारघाटा ! निर्यातमा सुधार

११ बैशाख २०७९, आईतवार ०७:३८


नेपालको वस्तु निर्यात ह्वात्तै बढेको देखिएको छ।

चालू आर्थिक वर्षको ९ महिना र गत वर्षको सोही अवधिलाई मूल्याङ्कन गर्दा झण्डै ७० प्रतिशतले बढेको देखिएको छ।

गत वर्ष चैत मसान्तसम्ममा वस्तु निर्यात जम्मा ९४ अर्ब रुपैयाँबराबरको मात्रै भएको थियो।

तर चालू आर्थि वर्षको चैत मसान्तसम्ममा १ खर्ब ६० अर्ब रुपैयाँ बराबर भइसकेको छ।

तर पनि व्यापारघाटा भने बढी नै छ। चैत महिनासम्मको तथ्याङ्कमा १३ खर्ब ६ अर्ब रुपैयाँबराबरको व्यापारघाटा रहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । यो वस्तुको निर्यात हेर्दा धागो, पान आयल, सोया आयल, टेक्स्टायल, गलैँचालगायतका वस्तुहरु बढी निर्यात भएको देखिएको छ।

फुटवेयर, ह्याण्डी क्राफ्ट, चिया, अलैँचीलगायतका वस्तुहरुको समेत निर्यात बढेको देखिएको छ।