जनकपुरधाम उपमहानगरको मेयर र उपमेयर टिकट पाउने मनोज र गीता को हुन् ?

१० बैशाख २०७९, शनिबार १७:०२

जनकपुरधाम उपमहानगरपालिका मेयरको टिकट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मनोज चौधरीलाई दिने निर्णय गरेको छ ।

लोसपाबाट जनकपुरधाम उपमहानगरपालिका मेयरको टिकट पाएका चौधरी जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष हुन् । लोसपाबाट प्रदेश सांसद परमेश्वर साह, वडा ७ का अध्यक्ष जानकी राम साह, सञ्जय चौधरी र अमर पजियारको नाम पनि सिफारिस भएको थियो ।

वडाध्यक्ष साह मेयरको टिकट पाउने सम्भावना नभएपछि नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । यस्तै जनकपुरधाम उपमहानगरपालिका उपमेयरको टिकट गत निर्वाचनमा तत्कालीन राजपाबाट उपमेयरमा निर्वाचित बनेकी रिताकुमारी मिश्रले पाएकी छन् ।