नेकपा एसबाट महानगर र उपमहानगर उठ्ने उम्मेदवारीहरु को को हुन त ?

१० बैशाख २०७९, शनिबार १५:२८

महानगर र उपमहानगरपालिकामा उठ्ने उम्मेदवारको एकीकृत समाजवादीले टुंगो लगाएको छ ।

सत्ता गठबन्धन दलबीच भागबन्डा लगाउला एकीकृत समाजवादीले देशैभर ६ महानगरमध्ये २ वटा महानगरपालिका पाएको थियो । एकीकृत समाजवादीले पाएको २ वटै काठमाडौं महानगरपालिकाको उपमेयर र पोखरा महानगरपालिकाको मेयर पदमा उठ्ने उम्मेदवारका एकीकृत समाजवादीले टुंगो लगाएको हो । यस्तै ११ उपमहानगरमध्ये समाजवादीले पाएको हेटौंडाको मेयर सहित इटहरी, बुटवल र तुलसीपुरको उपमेयरमा उठ्ने उम्मेदवारको लगाइएको समाजवादीका एक नेताले बताए ।

पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय भएको ती नेताले बताए। पोखरा मेयरका लागि ६ जनाको नाम सिफारिस भएपनि अन्तिममा आचार्यलाई पोखराको मेयरमा पार्टीले सिफारिस गरेको हो । यस्तै काठमाडौं उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको ती नेताले बताए।

श्रेष्ठलाई उम्मेदवार बनाएको सार्वजनिक गरेमा विवाद हुने भएकाले नाम भने गोप्य राखिएको छ । आइतबार श्रेष्ठले काठमाडौं उपमेयरमा उम्मेदवारी दिने ती नेताको दाबी छ । यस्तै हेटौँडा उपमहानगरपालिकाको मेयरमा मीना लामालाई उम्मेदवार बनाउने निर्णय भएको छ। बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपमेयरमा जोगबहादुर राना, इटहरी उपमहानगरपालिको मेयरमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको पनि ती नेताले बताए। अरु नगरपालिका र गाउँपालिकामा प्रदेश र जिल्ला कमिटीले निर्णय गरेर सत्ता गठबन्धनबीच तालमेलको टुंगो लगाइने छ ।

सुदूरपचिम प्रदेशमा भने नेकपा एकीकृत समाजवादी एक्लै चुनाव लड्ने मनस्थिनिमा रहेको देखिएको छ ।