माओवादी केन्द्रबाट जावेद आलम खां मेयर प्रत्याशी बने पछि कृष्णानगरका जनतामा उत्साह भएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तह चुनाव नजिकिदै गर्दा चुनावमा भाग लिने उम्मेदवारहरु राजनितीक सामाजिक गतिविधीहरुमा तीव्रताका साथ ग्रामीण क्षेत्रमा घर दैलों गरि जनता फकाउने काममा लागेका छन।
नेकपा माओवादी केन्द्रबाट स्थानीय चुनावमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तथा पछिल्लो प्रदेश सभाको चुनावमा कपिलवस्तु क्षेत्र ३ ख बाट उम्मेदवारी दिई लगभग २७५ भोटबाट उपबिजेता रहेका जावेद आलम खां यसपालि स्थानीय चुनावमा कृष्णनगर नगरपालिका बाट जनताको मांग अनुसार नगर प्रमुखको प्रत्याशीको दावेदारी गरेपछि कृष्णानगर नगरपालिकाको मेयर पदको राजनितीमा हलचल भएको छ।
कृष्णानगर नगरपालिका नगर प्रमुख प्रत्याशी खां वर्षौ देखि जनताको बिचमा रही जनताको हक हितको लागि लडदै तथा जनताको सुख दुखमा सहभागी भई जनता बीच लोकप्रिय बनेको स्थानीय जनताहरु बताउ छन्।
खांले नेकपा माओवादी केन्द्रलाई कृष्णानगर क्षेत्रमा अन्य राजनितिक दलहरु भन्दा बलियो बनाएका छन्। कृष्णानगर क्षेत्रका तानाशाह प्रवृतिका राजनितीक व्यक्तिहरुको विपक्षमा उभी सदैव तानाशाह प्रवृत्तिको विरोध गर्दै आएका खांले जनताले गरेको आग्रहको सम्मान गर्दै यो पालिको स्थानीय चुनावमा नगरप्रमुख पद प्रत्याशी बने पछि जनतामा उत्साह बढेको प्रहलाद यादवले बताएका छन्।
निरन्तर जनताको बीचमा रही जनताको आस बनेका नेता खां जस्तो किकास,न्याय तथा जनताप्रेमी नेता यो कृष्णानगर क्षेत्रमा नरहेको रोहित पाण्डेले बताउदै भनेकि पछिल्लो चुनावमा जनतालाई झुठो खोक्लो आश्वाशन दिई जितेका प्रतिनिधिहरुले पांच वर्ष सम्मा स्वादेश तथा विदेश भ्रमण गरि गुणस्तरहीन सड़क कलभर्ट बनाई आफ्नो आसेपासे तथा कार्यकर्ताहरुको पालन पोषणमा व्यस्त रहेको बताए।तर यसपालि चुनावमा कृष्णनगरका शिक्षा स्वास्थ्य कृषि तथा न्यायप्रेमी जनताहरु खां लाई नगरप्रमुख बनाउनको लागि बैशाख ३० गते मतदान गर्ने तयारी रहेको पाण्डेले जिक्र गरे।
निष्पक्ष तथा सफल राजनिती गर्दै आएका जावेद आलम खांले भनेकि यदि यसपालिको चुनावमा जनताले मेरो साथ दियो भने म कृष्णनगरको मुहार फेरेर देखाउछु तथा कृष्णनगरका तानाशाह प्रवृतिका राजनितीको अन्त गरी सबैको साथ कृष्णनगरको विकास गरेर देखाउने प्रतिबद्धतासमेत जनाए।
आफु कुनै पदमा नभए पनि कृष्णानगर क्षेत्रको विकासको लागि प्रदेश तथा केन्द्रबाट करोडौ वजेटको मांग गरि कृष्णनगरको विकास गरेको बताए ।
