नेकपा (माओवादी केन्द्र) मा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय नेताहरु प्रवेश गरेका छन्।
ओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित एक कार्यक्रममा शुक्रबार जसपा का केन्द्रीय नेताहरु नेकपा स्थापना दिवसको अवसर पारेर उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी प्रवेश गर्नेहरु जसपाका केन्द्रीय सदस्य सर्लाहीका डा.अब्दुर रहिम मिक्रानी, केन्द्रीय सदस्य बागलुङका यमबहादुर घर्तीमगर र प्रदेश समिति सदस्य दिलिप थापामगर रहेएका छन्। उनीहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत पार्टीका शीर्ष नेताहरुले खादा माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
