जसपाको अस्तित्व स्वीकार गरेर सम्मानजन्य हिस्सा नदिए प्रदेश सरकार ढल्न सक्छ : मन्त्री आचार्य

९ बैशाख २०७९, शुक्रबार १०:५६

जसपाको अस्तित्व स्वीकार गरेर सम्मानजन्य हिस्सा नदिए प्रदेश सरकार ढल्न सक्ने गण्डकी प्रदेश सरकारका उर्जा तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले चेतावनी दिएका छन् ।

गोरखामा जसपाको आधार, जनसंगठन र जनमतको आधारमा भागवण्डा नगरे अन्तिम विकल्पको रुपमा जसपाले प्रदेश सरकार पनि ढाल्न सक्ने मन्त्री आचार्यले चेतावनी दिएका हुन् ।

‘अहिले बाहिर मिडियातिर पनि हल्ला सुन्छु । माओवादी र कांग्रेस मिल्ने भए रे । हामीलाई साइड लगाउने भयो रे । हैन्, उहाँहरुले साइड लगाउनु भयो भने उहाँहरुलाई हैसिएत देखाउन सक्ने आधार पनि त हामीसँग छ नि । गण्डकी प्रदेशमा माओवादी र कांग्रेसबाहेकका अन्य पार्टीसँग मिलेर गएर उहाँहरुको सेखी झार्न त हामी सक्छौँ नि,’ मन्त्री आचार्यले भने ।

मन्त्री आर्चायले जसपाले समानजनक भाग नपाएको खण्डमा सरकार ढाल्ने सक्ने सम्भावना रहेको तर अहिले नै त्सस्तो नसोचेको त्यसको प्रतिशोध त साँध्नु परेको उनले बताए ।