पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीलाई नेपाली कांग्रेसले स्वीकारेको छ ।
बिहीबार उपमेयरको नाम मात्रै केन्द्रमा गण्डकी प्रदेश कार्यसमितिले सिफारिस गरेको हो । पोखरा महानगरपालिका मेयरका लागि कांग्रेसबाट १८ र उपमेयरमा १० जना आकांक्षी रहेका थिए । गठबन्धनका दलहरुले महानगर भागबन्डा लगाउने क्रममा पोखरा एकीकृत समाजवादीले पाउने भएपछि कांग्रेसले मेयर छोडेर उपमेयरको नाम मात्रै पठाइएको हो ।
प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले उपमेयरका आकांक्षीको मात्रै नाम पठाउने निर्णय गरेको हो । सिफारिस हुनेमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसी छन् ।
पोखरा महानगर समितिले संकलन गरेर प्रदेशलाई सिफारिस गरेकै नाम प्रदेशले केन्द्रमा पठाएको हो। अहिले कांग्रेसभित्र मेयर छोडेर उपमेयरमा रस्साकस्सी बढेको छ।
