बिहीबार नेकपा एकीकृत समाजवादी अर्घाखाँचीले जिल्ला सचिवालयको बैठक बसेको छ । उक्त बैठकबाट आगामी बैशाख ३० हुने स्थानिय तह निर्वाचनको लागि सबै पालिकामा नेकपा एसको तर्फबाट प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षको उम्मेदवारका आकाक्षीहरुको नाम सिफारिस गरेको हो ।
नेकपा एस अर्घाखाँचीको सचिवालयको बैठकअनुसार सन्धिखर्क नगरपालिकाबाट प्रमुखमा सिद्धि प्रसाद भुसाल, बिष्णु हरि भुसाल उपप्रमुखमा सुमित्रा मुखिया सितगङ्गा नगरपालिकाबाट प्रमुखमा पिताम्बर सारु, नारायण शर्मा उपप्रमुखमा लक्ष्मी केसि, भुमिकास्थान नगरपालिकाबाट प्रमुखमा सान्ता चुदाली, बामदेब गैरे, झबिलाल भट्टराई उपप्रमुखमा हृदय कुमार भुसाल, सुनिता बेल्बासे, पुस्पा भाट मालारानी गाउपालिका बाट अध्यक्षमा राम बहादुर चौहान ,पिताम्बर भुसाल, अनिरुद्र सुवेदी उपाध्यक्षमा भगवता केसि पाणिनी गाउपालिकाबाट अध्यक्षमा युवराज पौडेल, डेम नेपाली उपाध्यक्षमा निर्मला पोख्रेल र छत्रदेब गाउपालिकाबाट अध्यक्षमा सुनिल भुसाल सिफारिस गरिएको छ भने उपाध्यक्ष भने टुंग्यान बाकी रहेको छ ।
जिल्लामा पाँच दलिय गठबन्धनको सहकार्य क्षीण हुँदै गइरहेकोले बिहीबार नेकपा एस अर्घाखाँचीको जिल्ला कमिटी सचिवालयको आकास्मिक बैठक बसी जिल्लाका सबै पालिकाको उम्मेदवारहरुको नाम रिफारिस गरि आगाडी बड्ने निर्णय गरेको उपसचिव नारायण शर्माले बताए । उनले वडाका उम्मेदवारहरु नाम भने भोलि सार्बजनिक गर्ने जानकारी दिए । सम्पन्न सचिवालय बैठकले चुनावी रणनीति तय गरेको उपसिचिव हृदय कुमार भुसालले जानकारी दिए । उनले सबै नेता तथा कार्यकर्तालाई चुनावी अभियानमा लाग्न आग्रह गरेका छन ।
पाँच दलीय गठबन्धनको अर्घाखाँचीमा सहमती हुन नसक्दा गठबन्धनमा आबद्ध दलहरु आ–आफना पार्टीका उम्मेदवारहरु चयन गरिरहेका छन् ।
