काठमाडौं महानगरपालिका– १० को वडाध्यक्षमा एमालेबाट अशोक कार्कीको नाम सर्वसम्मत रुपमा सिफारिस

८ बैशाख २०७९, बिहीबार १८:४४

आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलका नेताहरु उम्मेदवारको छनोट गर्ने पक्रिया चलिरहेको छ ।

यस्तै सन्धर्भमा अशोक कार्कीको नाम सर्वसम्मत रुपमा काठमाडौं महानगरपालिका– १० को वडाध्यक्षमा एमालेबाट सिफारिस भएको छ । बानेश्वर निवासी कार्की एमाले जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज समेत हुन् । लामो समयदेखि राजनीतिमा पार्टीमा सक्रिय रुपमा लागेका कार्कीले विभिन्न क्षेत्रमा समाज सेवा पनि गर्दै आएका छन् ।

नेता कार्कीले विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरि जनताको बीचमा गएर जनताका समस्या तथा जनताले प्रयोग गर्दै आएको बाटो निर्माण गरेको बताए । उनले आसन्न स्थानीय निर्वाचनमा जनताकै चाहना बमोजिम सशक्त ढंगले वडाध्यक्ष पदको लागि उम्मेदवारी दिन लागेको बताए ।

नेता कार्कीले चुनाव जितेपछि पार्टीको निर्देशन र जनताको माग अनुसार महत्वपूर्र्ण भूमिका निभाउने बताए ।