नेपाली कांग्रेसले खराब प्रवृत्तिका व्यक्तिहरुलाई साथमा लिएर गठबन्धन बनाएको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
कांग्रेसले हाप्सिलो बोकेर हिँडेको र यसले कांग्रेसलाई नै सिद्धाउने आज काठमाडौंमा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले बताएका हुन् ।
पाँच दलीय गठबन्धन राजावादी राप्रपालाई लिएर ६ दलीय गठबन्धन भइसकेको र यसको उदेश्य एमाले र ओलीप्रति लक्षित भएको उनले बताए । त्यस्तै ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भूलेर पनि नदिन आफ्नै पार्टीका नेताहरुलाई निर्देशन पनि दिएका छन् ।
एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गरको कारण एमाले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको र हरेक समयमा ठीक निर्णय गर्दै एमाले अघि बढेर परमादेशबाट बनेको सरकारलाई जनादेशबाटै हटाएर सिंहदरबार फर्किने बताए ।
