एमाले र लोसपाले वीरगञ्ज चुनावी गठबन्धन

८ बैशाख २०७९, बिहीबार १३:००

एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वीरगञ्ज महानगरपालिकामा चुनावी गठबन्धन गरेका छन् । प्रमुखमा एमालेबाट र उपप्रमुखमा लोसपाबाट उठ्ने तालमेल गरेका छन् ।

वीरगञ्जमा संयुक्त पत्रकार सम्मेलन गरी दुवै पार्टीका नेताहरुले आज बिहान चुनावी गठबन्धन भएको जानकारी दिएका हुन् । उक्त पत्रकार सम्मेलनमा लोसपाका नेता लक्ष्मणलाल कर्णल र एमालेका नेता रघुवीर महासेठगायत सहभागी भएका थिए । लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा र एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारुले तालमेल सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।