सुनसरीको धरानमा कुन पार्टीले कति–कति वडामा अध्यक्ष पाउने ?

८ बैशाख २०७९, बिहीबार ०९:५०

सत्तारूढ गठबन्धनको शीर्ष नेताहरूले केन्द्रमा भागबन्डा मिलाएसँगै स्थानीय तहमा पनि वडाहरुको बाँडफाँट पनि सुरू भएको छ।

सत्ता गठबन्धनले जिल्ला सुनसरीको धरान उपमहानगरमा वडाहरूको उम्मेदवारी कसले पाउने भन्ने विषयमा पनि टुंगो लगाएका छन्।
धरानको २ वटा वडा जसपाले ,नेकपा एसले १ वटा वडा, नेपाली कांग्रेसले १३ वडा मेयरसहित र माओवादी केन्द्रले उपमेयर सहित ४ वटा वडामा सहमति भएको छ।
धरानको १,२,५,६,७,८,९,११,१२,१३,१४,१६ र १८ नम्बर वडामा कांग्रेसले अध्यक्ष, नेकपा मओवादी केन्द्रले उपप्रमुखसहित ४ वटा वडामा उम्मेदवारी दिने सहमति भएको छ। ३, १५, १७ र २० नम्बरको अध्यक्ष पाउने भएको हो।

जनता समाजवादी पार्टीले दुई वटा वडा १० र १९ पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले वडा नम्बर ४ को अध्यक्ष पाउनेगरि सहमति भएको छ।

धरानको विकासको लागि गठबन्धन भएको शीर्ष नेताहरु बताएका छन् । कांग्रेसले १३ वटा वडामा, माओवादीले ४ वटा वडामा, जसपाले २ वटा वडामा र नेकपा एसले १ वटा वडामा अध्यक्ष पाउने सहमति गरेका छन् ।