महर्जन र पनेरु तारकेश्वर नगरपालिका मेयर र उपमेयर सिफारिस

७ बैशाख २०७९, बुधबार १५:२३

काठमाडौ जिल्लाको तारकेश्वर नगरपालिका मेयरमा माओवादी केन्द्रको धनलाल महर्जन र उपमेयरमा गीता पनेरु सिफारिस भएका छन् । महर्जन र पनेरुको नाम नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

पनेरू उपत्यका विशेष प्रदेशकी सदस्य हुन् भने महर्जन माओवादी केन्द्रीय सल्लाहकार सदस्य हुन् ।माओवादीले चुनावी तालमेलका विषयमा छलफल भएपनि सहमति नजुतेपछि एकल रुपमा मेयर उप मेयरमा नाम सिफारिस गरेको हो ।