पोखरा महानगरको मेयर नेकपा एकीकृत समाजवादीलाई दिएको भन्दै कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाइदिएका छन्।
पोखरा कांग्रेसका सचिव गणेशबहादुर थापाले नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले जिल्ला कार्यालयमा ताला लगाएको बताए।
कांग्रेसबाहेक अरू दललाई भोट दिन नसक्ने र कार्यकर्ताको भावनाविपरीत पोखराको मेयर अरू पार्टीलाई दिएको कारण पार्टी कार्यलयमा ताला लगाएको थापाले बताए ।
मंगलबार कांग्रेसले विज्ञप्ति निकालेर नेकपा एकीकृत समाजवादीसंग गठबन्धन नगर्ने निर्णय गरे लगतै सोमबार कांग्रेसका केन्द्रिय सभापति एवं प्रधानमन्त्री शेरबहादु र देउवाले जिल्ला सभापति र गण्डकी प्रदेश सभापतिलाई काठमाण्डौं पोखरा महानगरको मेयर नेकपा एसलाई दिने सहमति भएको थियो।
