नबिल बैंककाे ९ महिनाको नाफा कति छ ?

७ बैशाख २०७९, बुधबार ०७:००

नबिल बैंकले चालू आर्थिक वर्षको ९ महिना अवधिमा ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ नाफा गरेको छ।

बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफामा गिरावट आएको देखिएको छ।

गत वर्षको तुलनामा नाफामा ८ दशमलव ९१ प्रतिशतले गिरावट आएको देखिएको छ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

बैंकको खुद ब्याज आम्दानी २९ दशमलव ३० प्रतिशतले बढेको छ। बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ५९ करोड २ लाख रुपैयाँ देखिएको छ।

बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ४८ प्रतिशतबाट बढेर १ दशमलव १४ प्रतिशत पुगेको देखिएको छ। वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४७ पैसा घटेर २४ रुपैयाँ १६ पैसामा सीमित भएको छ।

तेस्रो त्रैमासिकसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १ सय ९० रुपैयाँ २९ पैसा रहेको छ। बैंकको निक्षेप २ खर्ब ३४ अर्ब २२ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन र कर्जा प्रवाह २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख रुपैयाँ भएको देखिएको छ।