कांग्रेसले विज्ञप्ति निकालेर नेकपा एससँग गठबन्धन नगर्ने चेतावनी

६ बैशाख २०७९, मंगलवार ११:४१

केन्द्रीय सभापति शेरबहादुर देउवाले जिल्ला सभापति किशोरदत्त बराल र प्रदेश सभापति शुक्रराज शर्मालाई गठबन्धनभित्र खटपट सुरु भएपछि काठमाडौं बोलाएका छन् ।

जिल्ला सभापति र प्रदेश सभापति संग निर्वाचनको विषयमा केन्द्रित भएर छलफल गर्न उनीहरूलाई देउवाले काठमाडौं बोलाइएका हुन् ।सभापति देउवाले आफूहरूलाई के कारणले बोलाएको भन्ने जानकारी नभएको जिल्ला सभापति किशोरदत्त बरालले बताए। काठमाडौंका लागि उनीहरू मंगलबार बिहानै हिँडेका छन् ।

पाखरामा एकीकृत समाजवादीले पनि मेयरको दाबी गरेको छ भने कांग्रेसले कुनै हालतमा पोखराको मेयर छोड्न नसकिने अडान राखेको छ। दुवै पार्टीबीच गठबन्धनकै बैठकमा चर्काचर्की भएको थियो । कांग्रेसले सोमबार विज्ञप्ति नै निकालेर एकीकृत समाजवादीसँग गठबन्धन नगर्ने चेतावनी दिएको छ । एकीकृत समाजवादीले पनि पेल्न खोजे एमालेसँग मिल्ने चेतावनी फर्काएको छ । यद्यपि गठबन्धनको बैठक आज बस्दैछ ।