एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले गरे महान् काम

५ बैशाख २०७९, सोमबार १६:३१

हल्दिवारीबाट उपचार अभावमा वर्षौदेखि साङ्लामा बाधिएका एक युवाको एमाले केन्द्रीय सदस्य तथा बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उद्धार गरेका छन् ।

बीएण्डसी अस्पतालले उक्त उद्धार गरिएका युवाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने प्रसाईले बताए । हल्दिबारी गाउँपालिका–५ बस्ने चन्द्रप्रसाद ढकालले आफ्नो २३ वर्षीय छोरा गङ्गाप्रसादलाई साङ्लोले घरको आँगनमै बाँधेर राख्दै आएका थिए ।

गाउँपालिकाको कार्यालय अगाडि चन्द्रले छोरालाई साङ्गोलमा बाँधेर राखेपनि गाउँपालिकाले चासो नदिएको उनीहरुको गुनासो थियो । उपचार खर्च जुटाउन नसक्दा छोरालाई बाँधेर राखेको चन्द्रप्रसादको भनाइ छ ।

हल्दिवारी गाउँपालिकाले बनाइदिएको घरमा बस्दै आएका गंगाप्रसाद गत पुसदेखि मानसिक अवस्था बिग्रिएर थला परेका थिए। छोराको उपचार खर्च जुटाउन नसकेको उनका बुबा चन्द्र प्रसादले दुखेसो समेत पोखेका छन् ।

गाउँपालिकाको गेट नै अगाडि यस्तो अवस्था हुँदा समेत कसैको ध्यान गएको थिएन । गाउँपालिकाको गेट अगाडि नै यस्तो अवस्था हुँदा समेत कसैको ध्यान गएको थिएन ।

चन्द्रप्रसादको आर्थिक अबस्था कमजोर हुँदा उनले छोराको उपचार गर्न सकेका थिएन । तर, एमाले केन्द्रीय सदस्य तथा बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उद्धार गरिदिदाँ उनी निकै खुसी छन् ।