स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सत्ता गठबन्धन दलका शीर्ष नेतासहित बसेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरणका अनुसार शीर्ष नेताहरू सहितको संयन्त्रको बैठक नौ बजे बस्ने भनिएको सवा दश बजे मात्रै सुरु भएको छ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको जारी बैठकमा विशेष गरी ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । आइतबारको बैठकमा माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव गरे पनि काँग्रेस मान्न तयार छैन ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेता र रामचन्द्र पौडेल संयोजक रहेको चुनावी समितिका सदस्यहरू उक्त बैठकमा सहभागी छन्।
