६ महानगरमध्ये कुन महानगर कुन दलले पाउने ?

५ बैशाख २०७९, सोमबार ११:०७

सत्तारूढ गठबन्धनका शीर्ष नेतासहित चुनावी तयारी तथा अनुगमन समितिको बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको छ।

महानगर र उपमहानगर भागबन्डा गर्नेबारे छलफल गर्न आज बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बसेको स्रोतले जनाएको छ।
बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेता र रामचन्द्र पौडेल संयोजक रहेको चुनावी समितिका सदस्यहरू उक्त बैठकमा सहभागी छन्।

कांग्रेसलाई ६ महानगरमध्ये काठमाडौं, ललितपुर र विराटनगर लिन गठबन्धनभित्र प्रस्ताव छ भने एकीकृत समाजवादीले पोखरा दाबी गरेको छ । जसपाले वीरगञ्जको मेयर दाबी छ भने भरतपुरमा नेकपा माओवादी केन्द्रको दाबी गरेको छ। यस्तै, ११ उपमहानगरहरूमा पनि सत्तारुढ गठबन्धनका दलहरूले आफ्ना दाबी पेश गरेका छन्।