एमाले अध्यक्ष केपी शर्मा ओलि बैशाख ३ गते सर्लाही जाने भएका छन् । अध्यक्ष ओली सर्लाहीको मलङ्गवा नगरपालिका–२ मा आयोजना हुने चुनावी प्रचार–प्रसार तथा बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली सर्लाही जान लागेको नेकपा (एमाले) सर्लाहीका अध्यक्ष राज नारायण साहले जानकारी दिए ।
अध्यक्ष ओली सहित पार्टीका मधेश प्रदेश ईन्चार्ज एवम पूर्व मन्त्री रघुवीर माहाशेठ, केन्द्रीय स्तरका नेताहरु बैशाख ३ गते आयोजना हुन लागेको विशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न सर्लाही जान लागेको एमाले सर्लाहीले जनाएको छ ।
अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा एमालेले सर्लाहीमा बर्चस्व कायम राख्न र नयाँ राजनीतिक तरङ्ग उत्पन्न गर्न सर्लाही जान लागेका हुन् । बैशाख ३ गते दिउँसो करिब १ बजे कार्यक्रम स्थालमा एमाले अध्यक्ष ओली हेलिकोप्टरमार्फत् जाने कार्यक्रम तय भएको छ।
एमाले सर्लाहीका उपाध्यक्ष एवम प्रचार–प्रसार विभाग संयोजक विदुर प्याकुरेलका अनुसार ओलीले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने करिब ५ हजार जनालाई पार्टीमा स्वागत गर्ने भएका छन्।
