स्थानीय स्तरको आवश्यकता र औचित्यमा गठबन्धन हुनसके मात्र सत्तारूढ दल कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सफल हुने बताएका छन् ।
स्थानीय नेता कार्यकर्ताको भावना अनुरूप गठबन्धनका लागि निर्णय भएमात्र गठबन्धनको हित हुने बूढानीलकण्ठ नगरपालिकामा शुक्रबार आयोजति नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा महरले बताए ।
“गठबन्धमा नेता, कार्यकर्ताको मन मिल्न आवश्यक छ । गठबन्धन सँगै अनेकौं राजनीतिक मनहरु मिल्नु आवश्यक छ,” उनले भने ।
उनले स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरूलाई त्यहाँको वास्तविक वस्तुस्थिती थाहा हुने भएकाले उनीहरूका कुरा सुन्नुपर्ने बताएका छन् ।
नेता महराले ‘गाउँ–गाउँ जाऔं, कांग्रेस जिताऔं’ अभियानका क्रममा जनता एमालेप्रति आजित भएको पाएको भन्दै कम्युनस्टि सरकारले जनतालाई प्रताडित तुल्याएको कुरा जनताले भुल्न नसकेको उनले जानकारी दिए ।
कांग्रेस नेता महरका अनुसार देशको हितका लागि कांग्रेसले आफ्नै सामथ्र्यमा जनताको विश्वास जितेको भए पनि गठबन्धन आवश्यक भएको बताए ।
